गाडी दुर्घटना, २ जनाको मृत्यु, ४ घाइतेको अवस्था गम्भीर


१३ आश्विन २०८२, सोमबार  

14
Shares


अर्घाखाँची– अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४  को  गाडी आज बिहान सन्धिखर्क– ९ टारीमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  दिवस जिसीले जानकारी दिए । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका  १० वर्षीया  अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल छन् ।

जिसीका अनुसार २४ घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना  घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १२ : ४० बजे