ओलीभित्र तानाशाही हाबी


६ माघ २०८१, आइतबार  

0
Shares


मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभित्र सत्ताको उन्मादमा निरंकुशता र तानाशाही प्रवृत्ति हाबी हुँदै गएको बताएका छन्।

मातृभूमि जागरण अभियान, साँफेबगर अछामले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता रावलले नेपालमा तानाशाही मनोवृत्ति अस्वीकृत भएको स्मरण गराउँदै निरंकुशताको सपना नदेख्न अध्यक्ष ओलीलाई चेतावनी दिए।

‘आज केपी ओलीहरू भनिरहनु भएको छ– अरु कसैले आवाज उठाउँछ भने उनीहरूलाई पनि हटाइदिन्छु। यो सत्ताको उन्मादमा उहाँमा चढेको निरंकुशता र तानाशाही प्रवृत्ति हो,’ उनले प्रश्न भने, ‘नेपालमा कुन तानाशाही बचेको छ ? केपी ओलीले सपना त देखेका होलान्१ तर त्यो सपना राति देख्दा हुन्छ, विपनामा पूरा हुनेवाला छैन।’

त्यस्तै, उनले नेकपा (एमाले)पार्टी ‘बामाले’मा परिणत भएको र त्यसको समर्थक महासचिव शंकर पोखरेलको भन्दै उनको पनि आलोचना गरे। नेता रावलले ‘ओलीको निरंकुशता’लाई गाड्न अध्यक्ष ओलीको गृहजिल्ला झापा र महासचिव पोखरेलको गृहजिल्ला दाङमा ठूलो खाल्डो पनि तयार भएको टिप्पणी गरे।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  २ : ०७ बजे