‘नढलेसम्म दुख पाउँछ’ 



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको टोकाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नढलेसम्म देशले दुख पाउने बताएका छन् ।

उनले प्रधानमन्त्री ओली देशको सबैभन्दा ठुलो ठग भएकोले उनीमाथि अनुसन्धान हुनुपर्ने बताए ।

‘अदालतप्रति न्यायप्रति विश्वास छ। केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ। अधिनायकवादी सरकारविरुद्ध देशभरबाट जो जो जहाँ हुनुहुन्छ मेरो लागि होइन  देशका लागि बाहिर निस्किनुपर्ने हुनसक्छ । पोखरामा रहनुभएका दाजुभाइ दिदीबहिनीलाई म भन्न चाहन्छु। यी सरकार नढालेसम्म केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्तो भइरहन्छन् ।’ रविले भने, ‘यो देश कहिले बन्दैन भ्रष्टाचारीहरूलाई संरक्षण गरेर सारा सहकारी पीडितहरू आफ्नो पार्टीबाट पालेर, भ्रष्टाचारको जगमा उभिएर अरूलाई ठग भनेर झुटा मुद्दा लाउने सरकार काम छैन ।’

उनले कास्की अदालतमा उपस्थित हुने क्रममा लामिछानेले आफूलाई डेढ वर्ष लगाएर ओलीले झुटा मुद्दामा फसाएको भन्दै उनको सरकार तुरुन्त ढल्नुपर्ने बताए ।

उनले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो। म फेरि पनि भन्छु न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु । म अदालती प्रक्रियामा सघाउन आएको छु। यिनीहरूको यो वर्चस्व र राज्य सत्ता कब्जा गर्ने आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाई हो। राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : ३० बजे