यस्तो छ आजको मौसम पूर्वानुमान



आज बेलुकीदेखि मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

ठूलो पानी पर्ने ठाउँमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यस्तै भोलि पनि कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज पहाडी भेगका थोरै ठाउँहरूमा तथा बाँकी भूभागका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ९ : ३३ बजे