नेपाली टोलीको टी–२० विश्वकप जर्सी यस्तो


२६ चैत्र २०८०, सोमबार  

0
Shares

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार आयोजना गरेको कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले जर्सी सार्वजनिक गरे।

नयाँ जर्सीको तल गैँडा र सगरमाथा छ। जर्सीको बीचमा नेपाल लेखिएको छ भने रङ्ग निलो, रातो, हल्का मधुरो कलेजी र सेतो रहेको छ। बायाँतर्फ क्यान र दायाँतर्फ आईसीसी टी–२० विश्वकपको लोगो रहेको छ।

दुवै बाहुलामा नेपालको झण्डा राखिएको छ। जर्सीको पछाडिको भागमा खेलाडीको नाम र नम्बर पनि रहनेछ। टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन्।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ४४ बजे