नयाँ प्रधानमन्त्रीको शपथ गृह मन्त्रालयको नयाँ भवनमा

काठमाडौँ – अन्तरिम सरकार प्रमुख बन्न लागेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सिंहदरबार परिसरस्थित गृह मन्त्रालयको नयाँ भवनमा शपथ लिने भएकी छिन्‌ । उनले आजै कार्यकक्षमा पुगेर हाजिर पनि गर्नेछिन्‌ । ८ मार्चमा भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री कार्यालय जलेपछि गृह मन्त्रालयको भवनमा अब प्रधानमन्त्री कार्यालय बस्ने भएको हो। यो कार्यालयमा आज दिउँसो नै सम्पूर्ण सजिसजाउ भइसकेको छ।…