इलाम-२ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै रास्वपा

रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौतारा बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो। कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी र सहप्रवक्ता रमेश प्रसाईँलगायतले सम्बोधन गर्नेछन्। कार्यक्रमका लागि नेताहरू शुक्रबार नै इलाम पुगिसकेका छन्। आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४…