नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै रावलले आक्रोश पोखेका हुन् । रावलले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनाइएकोमा आपत्ति जनाए । एमालेबाट निकालिएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै…