बंगलादेश सरकारले आरक्षणको विरोधमा फेरि हिंसा भड्किएपछि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। थप दुईजनाको ज्यान गएपछि इन्स्टाग्राम, टिकटक, वाट्सएप र यूट्यूब जस्ता सञ्जालमा प्रतिबन्ध लगाएको हो। बंगलादेशमा आरक्षणको मुद्दालाई लिएर फेरि एकपटक विरोध प्रदर्शन शुरु भएपछि उक्त निर्णय गरिएको हो। शुक्रबार भएको विरोध प्रदर्शनले देशका धेरै भागमा हिंसात्मक रूप लिएको छ। यो हिंसामा दुईजनाको मृत्यु…