नेपालको निराशाजनक प्रदर्शनका कारण


२० आश्विन २०८३, मंगलबार  

0
Shares

‘स्वर्णसहित दोहोरो अङ्कको पदक’ अर्थात् कम्तीमा १० वटा पदक जित्ने उद्देश्यसहित राष्ट्रिय खेलकुद परिषद्ले २०औँ एशियाली खेलकुद प्रतियोगिताका लागि तीन वर्ष लामो तयारी गर्‍यो।

‘मिसन २०२६’ नाम दिइएको उक्त अभियान १९औँ एशियाली खेलकुद सकिएलगत्तै सुरु भएको थियो। यसअघि नेपाली खेलकुदमा यति लामो तयारी भएको कहिल्यै देखिएको थिएन।

परिणाम आउँदा उक्त अभियान सार्थक भएको देखिएन। नेपालले जम्मा २ कांस्य पदक मात्र जित्न सक्यो। चर्चामा आएका ‘सुपर स्टार’ खेलाडीहरूले पदक जित्न सकेनन्।

कबड्डी : ‘ट्रयाक’ मा रोकिएको सपना ‘म्याट’ मा पूरा गर्दै मानमती
एशियाली खेलकुदमा नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले जिते कांस्य पदक
र, जापानको आइची नागोया एसियाड पनि नेपाली टोलीको लागि अनुभव बटुल्ने एक अर्को थलो मात्र बन्न पुग्यो।

कतिपय विश्लेषकहरूका अनुसार प्रतियोगिताअगाडि नै खेलाडीहरू दबावमा परेका थिए। नेपालको योजना महत्त्वाकाङ्क्षी थियो, तर कागजमा लेखिएअनुसार कार्यान्वयन थिएन। नेपालले यथार्थभन्दा माथिको सपना मात्र बुन्यो।

नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भनेका थिए, “१० वटा पदक जित्ने योजना निकै राम्रो हो, तर यथार्थमा भन्नुपर्दा त्यो अनुरूपको तयारी नभएकोले कार्यान्वयन हुने सम्भावना निकै कम छ।”

सरकारले एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीको प्रस्थान त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट गरेको थियो।

कराते टोलीलाई बिदा गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल विमानस्थल पुगेका थिए। एशियाली खेलकुदमा स्वर्ण पदकको सम्भावित विजेताको रूपमा चर्चा गरिएकी कराते खेलाडी एरिका गुरुङ आधा घण्टाभन्दा ढिलो विमानस्थल आइपुगिन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ४७ बजे