२० आश्विन २०८३, मंगलबार  

0
Shares

हरमनप्रीतले दिइन् कप्तानको जिम्मेवारीबाट राजीनामा

  • Imageनेप्लेज
  • २० आश्विन २०८३, मङ्गलवार
  • 155 पटक हेरिएको
Kelmi
हरमनप्रीतले दिइन् कप्तानको जिम्मेवारीबाट राजीनामा
Himalayn Bank
facebook sharing button
sms sharing button
whatsapp sharing button
messenger sharing button
sharethis sharing button

A–AA+

भारतीय महिला क्रिकेट टिमकाे कप्तान हरमनप्रित कौरले क्रिकेटका तीन वटै फर्म्याटबाट कप्तानी छोड्ने घोषणा गरेकि छिन् ।

३७ वर्षीय कौरले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुराको जानकारी गराएकी हुन् । कौरले अब कप्तानीको जिम्मेवारीबाट मुक्त रहदै खेलाडीको रुपमा खेल खेल्ने बताएकी छिन्।

हरमनप्रीतले सन् २०१६ मा भारतीय महिला टी-२० क्रिकेट टोलीको कप्तानी सम्हालेकि थिइन् । त्यस्तै सन् २०२२ मा एकदिवसिय क्रिकेट र सन २०२३ मा टेष्ट क्रिकेटको कप्तान बनेकि थिइन् ।

हरमनप्रितले १० वर्ष भारतीय महिला क्रिकेटको कप्तान सम्हाल्दा भारतले ऐतिहासिक सफलता दिलाउन सफल भएकि थिइन्। हरमनप्रीतको कप्तानीमा गत वर्ष भारतले महिला एकदिवसिय क्रिकेट विश्वकपको उपाधि जितेको थियो ।

भारतले कुनैपनि फर्म्याटमा विश्वकपको उपाधि जितेको त्यो पहिलो पटक थियो ।

त्यस्तै, कौरले लगातार आफ्नो कप्तानीमा भारतलाई एसियाली खेलकुद प्रतियोगितमा स्वर्ण पदक दिलाउन सफल भएकी थिइन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : २७ बजे