होराइजनमा वार्षिक उत्सव अभिभावक दिवस तथा नतिजा प्रकाशन समारोह सुरु


२९ चैत्र २०८२, आइतबार  

0
Shares


लिनेस
कपिलवस्तु, २९ चैत्र।
होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बाणगंगा ४ सिद्धिपुरमा वार्षिक उत्सव विभाग दिवस तथा नतिजा प्रकाशन समारोह आइतबार सुरु भएको छ।

कार्यक्रम अन्तर्गत आइतबार कक्षा प्लेगगुरुपदेखि कक्षा ४ सम्मको नतिजा प्रकाशन गरिएको विद्यालयले जनाएको छ।


सोमबार कक्षा ५ देखि कक्षा नौ सम्मको नतिजा प्रकाशन गरिने प्राचार्य वासुदेव घिमिरेले जानकारी दिनुभयो ।


कार्यक्रम विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता कपिलवस्तु जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख चोपलाल भुसालको प्रमुख अतिथ्यता बाडगंगा नगरपालिकाका निवर्तमान शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी लगायतको विशिष्ट अतिथ्यतामा भव्यताका साथ पहिलो दिनको कार्यक्रम सम्पन्न गरिएको बताइएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : ५९ बजे