रुसी सेनामा कार्यरत कञ्चनपुरका दिनेश नायकको मृत्यु भएको छ।
मस्कोस्थित नेपाली दूतावासले नायकको मृत्यु भएको पुष्टि गरेको हो। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २३ वर्षीय नायक २०८० असारमा अध्ययनका लागि भन्दै रुस गएका थिए। तर, त्यहाँ पुगेको दुई महिनापछि उनले आफू रुसी कारी दिएका थिए।
२०८० मंसिर १० गते दिनेशको घरपरिवारसंग अन्तिम कुराकानी भएको उनकी आमा कमला नायकले बताइन्। तर छोरा नेपाल फर्किने आसमा बसेका नायकका बुवा कर्णसिंहले भने छोराको मृत्युको खबर पत्याएका छैनन्।
छोरा कैदीको जीवन बिताइरहेको भन्दै खोज्न पहल गरिदिन नागरिक सरकारलाई अपिल गरेका छन्।
दूतावासले कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा मृतकको दाहसंकार गर्ने तथा मृतकका परिवारलाई बिमा तथा क्षतिपुर्तीको रकम उपलब्ध गराउने उल्लेख गरिएको छ। दूतावासले मृतकका परिवारलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ।




