हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु


३ चैत्र २०८२, मंगलबार  

0
Shares

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।

तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतका अनुसार सोमबार राति काबुलको ओमार एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण भएको हो । २ हजार शय्या क्षमताको उक्त अस्पताल भवनको ठूलो हिस्सा आक्रमणबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।

स्थानीय टेलिभिजन स्टेसनहरूले एक्समा पोस्ट गरेका भिडियो फुटेजहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको र अग्नि नियन्त्रकहरू भत्किएको भवनको भग्नावशेषमा लागेको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ।

यता पाकिस्तानले भने अफगानिस्तानको यो दाबीलाई अस्वीकार गरेको छ । पाकिस्तानले यसलाई झूटो र जनमतलाई भ्रमित पार्ने उद्देश्यले गरिएको प्रचार भनेको छ ।

पाकिस्तानी पक्षले सोमबार काबुल र नान्गाहार प्रान्तमा केवल सैन्य ठेगानाहरूलाई मात्र निशाना बनाएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : ३२ बजे