कर्तव्य बारे नागरिक बेखबर भएपछि प्रजातन्त्र धरापमा


६ फाल्गुन २०८२, बुधबार  

378
Shares


ओम प्रकाश पौडेल।
बाणगंगा ६ फागुन

जुनियर कपिलवस्तु जेसिजको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारी वक्तृत्व कला प्रतियोगिता आज सम्पन्न भएको छ।

कपिलवस्तु जेसिसको सभाहल बाडगंगा १ बैरियामा आज गरिएको कार्यक्रममा विद्यार्थीहरूले प्रजातन्त्र अधिकार मात्र नभई कर्तव्य समेत हो भन्ने विषयमा प्रष्ट पारेका छन्।

नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएसँगै अधिकारको विषयमा धेरै चर्चा गरिए पनि कर्तव्यको विषयमा खासै ध्यान नदिएको विद्यार्थीहरुले औल्याएका छन्।

आज पनि नेपाली नागरिकहरूलाई संविधानले प्रदान गरेका मौलिक अधिकारको विषयमा धेरै सोधीखोजी र जानकारी भएपनि हामीले नेपाली भएको कारणले पूरा गर्नुपर्ने कर्तव्यको विषयमा त्यति ध्यान नदिएको उनीहरूको ठम्याई छ। सोही कारण प्रजातन्त्र समेत धरापमा पर्ने वर्तमान अवस्थाको सिर्जना भएको छ उनीहरुले भने

प्रतियोगितामा वाणगंगा मावि लौगाईका विद्यार्थी प्रतिष्ठा भण्डारी प्रथम ज्ञानपुञ्ज अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संकल्प भुसाल द्वितीय र होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय सिद्धिपुरका विद्यार्थी एन्जिला गैरेले तृतीय स्थान हासिल गरेका छन्।

कार्यक्रम कपिलवस्तु जुनियर जेसिज वर्ष २०२६ का अध्यक्ष नितेश बन्जाडेको अध्यक्षता नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख अतिथ्यता नेपाल जेसिजका पूर्व केन्द्रीय उपाध्यक्ष गुरुदेव पौडेलको विशिष्ट अतिथ्यता ज्ञानपुञ्ज अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरे कपिलवस्तु जेसिज वर्ष २०२६ का महासचिव नीलकमल थारु, जुनियर जेसी भुवन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रम संयोजक एन्जल न्यौपानेले जानकारी दिनुभयो।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : २४ बजे