होराइजनमा खेल सप्ताह सुरू


४ फाल्गुन २०८२, सोमबार  

0
Shares

ओम प्रकाश पौडेल

वाणगंगा ४ फागुन

होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय वाणगंगा ४ सिद्धिपुर कपिलवस्तुमा खेल सप्ताह सुरु भएको छ।

विद्यालयको वार्षिक क्यालेन्डर अनुसार खेल सप्ताह सोमबारदेखि सुरु भएको प्राचार्य वासुदेव घिमिरेले जानकारी दिनुभयो।

विद्यार्थीको सर्वाङ्गिण विकासको एउटा पाटो शारीरिक तथा मानसिक विकासलाई मध्यनजर गर्दै राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई अंगीकार गरेर होराइजनमा खेल सप्ताह आजदेखि सुरु भएको हो ।

विद्यार्थीहरु उत्साहित भएर विभिन्न स्पपर्धाहरुमा सहभागी भएका छन यसले विद्यार्थीमा नयाँ ऊर्जा थपेको छ। हामी खुसी छौं प्राचार्य घिमिरेले भन्नुभयो । आज पहिलो दिन तहगत रुपमा विभिन्न प्रतिस्पर्धाहरू सम्पन्न भएको विद्यालयले जनाएको छ।

आज बुक्रेस हट पोटेटो हाइ जम्प लङ्ग जम्प लगायत लगायतका खेलहरू सम्पन्न भएको विद्यालयका इन्चार्ज मोहनप्रसाद बेलबासेले जानकारी दिनुभयो ।

सप्ताह अन्तर्गतका विभिन्न स्पर्धाहरू जुनियर तर्फका खेलहरू विद्यालयकी प्राङ्गणमा र सिनियर तर्फका खेलहरू बुद्ध रङ्गशालामा पहिलो दिन गरिएको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ११ : ०८ बजे