वाणगंगाका बालक हराएपछि खोजी कार्य तीव्र पार्दै प्रहरी


४ फाल्गुन २०८२, सोमबार  

7k
Shares

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ लौगाई निवासी अमृत बेल्बासे शिवरात्रीको दिनदेखि हराएका छन्। परिवारका अनुसार उनी सोही दिन दिउँसो करिब १ बजेतिर घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन बनेका छन्।

उनी बाडगंगा ४ सिद्धिपुरमा अवस्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। हराउँदा उनले हरियो/खैरो हुड, सेतो पाइन्ट र खुट्टामा चप्पल लगाएका थिए।

परिवारले दिएको जानकारीअनुसार उनी बोडगाउँ चोक पुगेपछि आफ्नो साइकल एउटा फलफूल पसलमा राखेर हिँडेको देखिएको थियो। त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

अमृतका पिता जनक प्रसाद बेल्बासे र माता सुनिता बेल्बासे हाल विदेशमा रहेका छन्। उनी लौगाइमा आफ्नी हजुरआमा र दिदीसँग बस्दै आएका थिए।

बालक हराएपछि परिवारले खोजी कार्य तीव्र बनाएको छ। कुनै जानकारी भएमा अभिभावक बसन्ता बेल्बासेलाई 9840489209 नम्बरमा वा यस मिडियाको सम्पर्क नम्बर ९८४७२१२३७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई खोजीमा सहयोग गर्न परिवारले आग्रह गरेको छ। खोजी कार्यलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। साथै खोजीका लागि जागरुक भएर सहयोग गर्न उनी अध्ययनरत विद्यालय होराइजन माविले सम्पूर्णमा अपिल गरेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ०४ बजे