विद्यार्थीहरू सम्मानित, नयाँ ऊर्जाको सञ्चार


२ फाल्गुन २०८२, शनिबार  

0
Shares

ओम प्रकाश पौडेल १ फागुन वाणगंगा


गोल्डेन राइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय वाणगंगा ४ गजेहडा कपिलवस्तुका विद्यार्थीहरू सम्मानित भएका छन्। विद्यालयले यही माघ १२ गतेदेखि १६ गतेसम्म विद्यालयमा सञ्चालन गरेको खेलकुद सप्ताह अन्तर्गत विभिन्न स्पर्धामा उत्कृष्ट नतिजा प्राप्त गर्ने खेलाडीहरु सम्मानित भएका हुन्।

“विद्यार्थीहरूमा शारीरिक मानसिक तथा बौद्धिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले खेल सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न खेल खेलाएका हौँ। खेलकुद सप्ताहभरि विद्यार्थीहरूले अत्यन्तै उत्साहजनक तरिकाले विभिन्न खेलमा सहभागिता जनाए। प्रतियोगितामा सर्वोत्कृष्टता प्राप्त गर्नेहरूले पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिरहँदा उनीहरूको मुहारमा कान्ति छाएको देखेँ । यसले विद्यार्थीमा नयाँ ऊर्जाको सञ्चार गराएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि हामीले विद्यालयमा शैक्षिक क्रियाकलापमा मात्रै जोड नदिएर अन्य खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएका छौं। जसका कारण विद्यालयको नतिजा आजसम्म सर्वोत्कृष्ट छ।” प्राचार्य हरिप्रसाद अधिकारीले भन्नुभयो।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित सञ्चालन गरिएको खेल सप्ताहमा क्रिकेट भलिबल कपर्दी लगायतका विभिन्न खेलहरु सञ्चालन गरिएको थियो।

प्रधानाध्यापक हरि प्रसाद अधिकारीको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय शिक्षासेवी डिल्लीराम भट्टराई र गोविन्द प्रसाद ज्ञवालीको विशिष्ट आतिथ्यता, सेयर सदस्य मोहन थापाको स्वागत विद्यालयका जनसम्पर्क अधिकृत कमलठ प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको व शिक्षिका पुनम अधिकारीले जानकारी दिनुभयो ।

सो क्रममा विभिन्न स्पर्धा अन्तर्गत प्रथम द्वितीय तृतीय र सान्तवना समेत गर्दा झन्डै ६५० जना विद्यार्थी सम्मानित तथा पुरस्कृत भएका छन्। कार्यक्रम अन्तर्गत सम्मान सत्रको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर सिङ्जालीले गर्नुभएको थियो।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १ : ४० बजे