विद्यार्थीले बनाएका स्वादिष्ट परिकारहरू खान पाएपछि दङ्ग


१ फाल्गुन २०८२, शुक्रबार  

434
Shares

कमला सापकोटा पौडेल। बाणगङ्गा १ फागुन ।

विद्यार्थीले बनाएका स्वादिष्ट परिकारहरू खान पाएपछि अतिथि शिक्षक विद्यार्थी र अभिभावक दङ्ग परेका छन्। एभर ग्रिन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बाणगंगा ११ बरवा कपिलवस्तुमा आयोजित फुड फेस्टिवल कार्यक्रममा विद्यार्थीहरूले विभिन्न स्वादिष्ट परिकारहरूको स्वाद चखाएका हुन्।

उनीहरूले फूड फेस्टिवल अन्तर्गत योमरी, सेल , मम , बटुक , जेरी, गुलाब जामुन, खीर ,अचार , ढिकरी आदि स्वादिष्ट परिकार बनाई उपस्थित विद्यार्थी अभिभावक तथा अतिथिज्यूहरुलाई चखाएका हुन् । शुभ अवसरमा खेलकुद सप्ताह अन्तर्गत विभिन्न स्पर्धामा उत्कृष्टता प्राप्त गरेका विद्यार्थी खेलाडीहरूलाई सम्मानित तथा पुरस्कृत समेत गरिएको थियो।

कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगन्नाथ मरासिनीको अध्यक्षता सूर्योदय माभिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमनाथ गेवाली समाजसेवीहरू बलराम आचार्य, सुनिता न्यौपाने, रेनुका न्यौपाने, कृष्ण कुमारी न्यौपाने लगायतको आतिथ्यता, प्रधानाध्यापक नवीन मरासिनीको स्वागत र शिक्षक भविश्वर मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : ०२ बजे