इन्टरनेसनल प्रोडक्ट सेलिङ ट्रेनिङ सम्पन्न ।।


२५ माघ २०८२, शनिबार  

112
Shares


कमला पौडेल वाणगंगा
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले इन्टरनेसनल प्रोडक्ट सेलिङ कार्यक्रम पाल्पाको श्रीनगरमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका उत्कृष्ट एडिएमहरूलाई लक्षित गर्दै कम्पनीले यही माघ १९ गतेदेखि २२ गतेसम्म तालिम गरेको हो।

बीमा प्रोडक्ट सेलिङसिप विकास गर्नका लागि तालिम सञ्चालन गरिएको लुम्बिनीका रिजनल म्यानेजर सन्तोष कुँवर क्षेत्रीले जानकारी दिनुभयो ।

व्यक्तिको जोखिम उसको आम्दानी स्तर र समाज परिवेशको आवश्यकता अनुसार के कसरी बिमा पोलिसीहरू बिक्री गर्ने, अभिकर्ता पनि स्वयं कसरी सामाजिक बन्ने र विमितको आर्थिक जीवनको सुरक्षा प्रदान गर्ने लगायत लगायतका विषयमा तालिम गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बीमा क्षेत्रमा विश्वासिलो र व्यावसायिक बनाउनको लागि यस क्षेत्रमा भएका विभिन्न कमी कमजोरीहरू पहिचान तथा विश्लेषण गरी त्यसलाई पुरा गर्नको लागि अभिकर्ताको भूमिका महत्वपूर्ण भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो।

सुनिल अधिकारी ले प्रशिक्षण गर्नुभएको तालिममा सन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड शाखा कार्याल जितपुरका प्रबन्धक गीता गौतम लगायतको आतिथ्यता रहेको थियो। तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका झण्डै ४० जना अभिकर्ताहरूको सहभागिता रहेको थियो।

नेपालको जीवन बीमाका क्षेत्रमा स्वच्छ छवि बनाएको सन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका हाल देशैभर विभिन्न शाखा तथा उपशाखा गरी झण्डै १५० वटा कार्यालय मार्फत जीवन बीमा मार्फत आर्थिक सुरक्षा प्रदान गरिँदै आएको बताइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, शनिबार  ९ : ४५ बजे