सनलाइट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले प्लस टतर्फ विज्ञान कक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालयले जनाएको छ।
linksnepal.com मिडियासँगको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका कार्यकारी निर्देशक SN त्रिपाठीले निकट भविष्यमा विद्यालयले प्लस टु तर्फ विज्ञान विषयको कक्षा सञ्चालन गर्ने तयारी गरेको बताउनु भएको हो।
समयको माग र स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै हामीले प्लस टु तर्फ विज्ञान चलाउन सके राम्रो हुन्थ्यो भन्ने सोच बनाएका छौं अब समयले साथ दिएसम्म ढिलो चाँडो हामीले प्लस टु विज्ञान को कक्षा सञ्चालन गर्ने तयारी गरेका छौं । मधेशमा अझ अर्को एउटा समस्या पनि छ कि प्लस टु पास गरेका मधेसी किशोरीहरूलाई स्नातक पढ्नको लागि अभिभावकले सहरमा गएर कोठामा बसेर पढ्न दिन त्यति सजिलो छैन त्यसैले सकेसम्म त स्नातकसम्मको पढाइ हुने व्यवस्था गर्न सके साह्रै राम्रो हुने थियो। अभिभावकज्यूहरूको साथ रहेसम्म दीर्घकालसम्म यी योजनाहरू हामीले पूरा गर्नेछौं उहाँले भन्नुभयो।
शुद्धोधन एक बग्दी कपिलवस्तुमा रहेको सनलाइट अङ्ग्रेजी आवासी माध्यमिक विद्यालयमा हाल कक्षा प्ले ग्रुपदेखि १० सम्मको पठनपाठन हुँदै आएको छ। २०६१ सालमा स्थापना भएको सो विद्यालय २०७६ सालमा नयाँ व्यवस्थापनमा गएसँगै विद्यालयको गुणस्तरमा व्यापक सुधार आएको अभिभावकहरूले प्रतिक्रिया दिनुभएको छ।




