सनलाइट अंग्रेजी आवासीय माध्यमिक विद्यालय शुद्धोधन १ बगदी कपिलवस्तुमा हर्षोल्लासका साथ सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा अवस्थित विद्याकी देवी सरस्वती माताको मन्दिरमा पूजा आराधना गरी बालबालिकाहरूलाई पहिलोपटक अक्षरारम्भ गराइएको हो।
सरस्वती पूजाको दिनको अवसर पारी आज ४० जना नयाँ विद्यार्थीहरूले यहाँ अक्षरारम्भ गरेका हुन्।
२०७६ सालमा विद्यालय नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएसँगै विद्यालयको शैक्षिक नतिजा सर्वोत्कृष्ट हुँदै गएको विद्यालयका म्यानेजिङ डाइरेक्टर एसएन त्रिपाठीले बताउनुभयो। हाम्रो व्यवस्थापनमा विद्यालय आइसकेपछि विद्यार्थीहरूले हरेक एसइमा शतप्रतिशत नतिजा र त्यसमा पनि अधिकांश विद्यार्थीले ए र ए प्लस ग्रेडमा उत्तीर्ण भएका छन् उहाँले भन्नुभयो।



हाम्रो यस विद्यालयको मूल नारा नै एकेडेमिक एक्सिलेन्स थ्रु quality education रहेको छ। तसर्थ हामी शैक्षिक गुणस्तरमा अत्यन्तै ध्यान केन्द्रित गरेका छौँ। छोटो समयमा हामीले यस विद्यालयलाई शुद्धधन गाउँपालिकाको सर्वोत्कृष्ट विद्यालय तथा जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न सफल भएका छौँ, यो हाम्रो लागि खुसीको कुरा हो। विद्यालयकी प्रधानाध्यापक संगीता पाण्डेले भन्नुभयो।

हेटौडामा लामो समयदेखि अध्यापनरत एस एन त्रिपाठी र उहाँकी जीवन संगिनी संगीता पाण्डेले आफ्नो गृह जिल्लाको शिक्षा विकासमा योगदान गर्ने पुनित लक्ष्य राखी २०७६ सालमा आफ्नो मातहतमा सो विद्यालय सञ्चालनमा ल्याउनुभएको हो।
एमएस्सी पास गरेका उहाँहरू दुवैजनाले यसअघि हेटौडाका विभिन्न कलेज क्याम्पसहरूमा अध्यापन गर्दै आउनुभएको थियो।

अत्याधुनिक सुविधा सम्पन्न विज्ञान प्रयोगशाल, कम्प्युटर प्रयोगशाला पुस्तकालय यथेष्ट खेलमैदान लगायतका सुविधाले सम्पन्न बनाइएको विद्यालय २०६१ सालमा स्थापना भएको थियो। विद्यालयमा हाल कक्षा १ देखि १० सम्म पढाइ हुँदै आएकोमा झण्डै १००० विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ।
ड




