होराइजन माध्यमिक विद्यालय बाडगंगा ४ सिद्धिपुर कपिलवस्तुमा सरस्वती पूजाको अवसर पारी अक्षरारम्भ कार्यक्रम भव्यताका साथ शुक्रबार सम्पन्न भएको छ।
विद्यालय परिसरमा स्थापित विद्याकी देवी सरस्वतीको मन्दिरमा विधिपूर्वक पूजाआराधना गरी विद्यार्थीहरूले अक्षर आरम्भ गरेका हुन् ।
शुक्रबार मात्रै राइजन माध्यमिक विद्यालयमा ६५ जना नयाँ ससाना नानीबाबुहरूले अक्षर लेख्न चिन्न औपचारिक रूपमा सुरु गरेको होराइजन माविका प्राचार्य वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
जिल्लाको पहिलो क वर्गको विद्यालय होराइजन आवासीय माविप्रति आम अभिभावकज्यूहरूले गर्नुभएको आस्था सल्युट गर्न लायक छ। हामी निरन्तर रूपमा संस्कारयुक्त शिक्षामा सर्वोत्कृष्टता प्रदान गर्न सफल भएका छौं। सायद यो त्यसैको नतिजा हुनुपर्छ प्राचार्य घिमिरेले भन्नुभयो।
सरस्वती पूजा कार्यक्रममा विद्यालय सञ्चालक शिक्षक विद्यार्थी र अभिभावकज्यूहरूको उल्लेख्य उपस्थिति रहेको विद्यालयले जनाएको छ।












