ओम प्रकाश पौडेल/कमला सापकोटा
जितपुर १२ पौष
आफ्नो पोलिसीमा आपतमा राहत सुविधा ल्याएसँगै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका विमितहरूमा थप उत्साह देखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताउनुभएको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जितपुर कपिलवस्तुले शनिबार ४ नम्बर जितपुरमा आयोजना गरेको अभिकर्ता सम्मान उत्प्रेरणा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा गरेको विमित कुनै प्रकारको दुर्घटनाजन्य कारणले आकस्मिक रूपमा घाइते भएको अवस्थामा प्रतिदिन १० हजार रुपैयाँका दरले बढीमा १ लाख रुपैयाँसम्म थपप आपतमा राहत सुविधा ल्याएकोले विमितहरू उत्साहित भएको बताउनुभएको हो
।
यद्यपि गम्भीर प्रकृतिका रोगको उपचारमा कम्पनीले यसअघि नै क्रिटिकल इल्नेसको सुविधा भने दिँदै आएको थियो।

मानौ कुनै व्यक्तिले ५० लाख रुपैयाँको जीवन बीमा गरेको छ भने उसले उसलाई जीवन सञ्चालनका क्रममा कुनै पनि घातक रोग लागेको अवस्थामा बीमाङ्क बराबरको रकम यानिकि ५० लाख रुपैयाँ कम्पनीले थप उपलब्ध गराउने व्यवस्था यसअघि नै रहेको थियो ।
आपतमा राहत सुविधा आएसँगै अब बिमितले आकस्मिक रुपमा अस्पताल भर्ना भई उपचार गर्नु परेको खण्डमा १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने व्यवस्था मिलाइएको हो ।


कार्यक्रमको अवसरमा मुक्तिनाथ भ्रमणको प्याकेज पूरा गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। जितपुर शाखा प्रमुख गीता गौतमको अध्यक्षता सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख अतिथ्यता सोही कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईको विशिष्ट अतिथिता र सन्तोष कुँवर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ।




