सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। जुन ऐतिहासिक मूल्य हो।
आइतबारको तुलनामा सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको हो। आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य बढेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले बढेसँगै प्रतितोला ३ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।




