२५ गते बिहीबार बुद्धरंगशालामा यी राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति


२५ मंसिर २०८२, बुधबार  

112
Shares

कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने  मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले कपिलवस्तुलाई थप उत्साहित बनाउँदै लगेको छ । 

बुद्ध रंगशालाको साँझको सिचो मौसममा २४ गते बुधबार चर्चित राष्ट्रिय आधुनिक गायिका रचना रिमाल, राष्ट्रिय लोकदोहोरी गायिका सम्झना भण्डारी, राष्ट्रिय लोकदोहारी गायक बाबुकृष्ण परियार र आइडलका प्रतियोगी, स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए।  राष्ट्रिय गायिका रिमाल, भण्डारी र परियारका लोकप्रिय गीतहरू गाउँदा दर्शकहरू झुमेसँगै बुद्धरंगशाला चिसो मौसममा थप रौनक थपिएको थियो ।

यसैगरी २५ गते बिहीबार राष्ट्रिय गायक टंक तिमिल्सिना, राष्ट्रिय थारु गायिका सोनु कुस्मी राष्ट्रिय लोकदोहोरी गायक विष्णु सिंजाली, १४ औं कपिलवस्तु डान्स आइडल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहाले जानकारी दिए ।

यसैबीच बुधबार भएको डान्स आइडलको बेजोड प्रस्तुतिपछि प्रतियोगी नम्बर १२ की सुदिप्ती न्यौपाने आइडलको यात्राबाट बाहिरिएकी छिन्। दर्शकले दिएको ५० प्रतिशत भोट र निर्णायक मण्डलले दिएको ५० प्रतिशत अंकको कडा प्रतिस्पर्धात्मक समीकरणमा उनी पछि परिन ।

प्रमुख निर्णायक हरिशरण रिजालले मंगलबार १० जना प्रतिष्पर्धीले आ–आफ्नो बेजोड कला प्रस्तुत गरेको जानकारी दिए । न्यौपाने बाहिरिएपछि अब आइडलको ताजका लागि बिहीबार जम्मा ९ जना टप प्रतियोगीहरूबीच कडा प्रतिष्पर्धा हुनेछ । आगामी दिनहरुमा क्रमश प्रतियोगीहरु बाहिरिँदै जानेछन् ।डान्स आइडलको फाइनल अडिसनबाट १५ जना प्रतियोगी स्टेज चढेका थिए । 

बुधबार पनि प्रतियोगी नं. १ ओजस्वी क्षेत्री, प्रतियोगी नं. २ सचिन परियार, प्रतियोगी नं. ३ कविता खत्री, प्रतियोगी नं. ६ रंजिता क्षेत्री, प्रतियोगी नं. ७ गिताञ्जली मगर, प्रतियोगी नं ९ समृद्धि पन्त, प्रतियोगी नं १० अपराजिता घिमिरे, प्रतियोगी नं. ११ अर्पिता पोख्रेल, प्रतियोगी नम्बर १३ खुसी थारुबीच कडा रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । 

१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ भने ४ जनालाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्रदान गरिने छ ।

आइडलमा हरेक प्रस्तुतिले निर्णायक र दर्शकको मन जित्नैपर्ने दबाब छ। अब बाँकी रहेका १० प्रतिष्पर्धीहरूमध्ये कसले यो १४ औं संस्करणको कपिलवस्तु डान्स आइडलको ताज पहिरेला भन्ने नतिजा पुष १ गते घोषणा नहुँदासम्म दर्शकमा उत्कट जिज्ञासा र उत्सुकता छाउने छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  ९ : १८ बजे