बुद्ध रंगशालाको कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले कपिलवस्तुलाई उत्साहित बनाउँदै लगेको छ । सिचो मौसमा २३ गते मंगलबार राष्ट्रिय चर्चित गायिका बबिना किराती, थारु गायक राज कुस्मी, चर्चित प्रतिक्षा एण्ड व्यान्डको बेजोड प्रस्तुतिका साथै १४औं कपिलवस्तु डान्स आइडलको प्रस्तुतिसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति दिएका थिए । राष्ट्रिय गायिका किराती, थारु गायक कुस्मीका लोकप्रिय गीतहरू गाउँदा र प्रतिक्षा एन्ड व्यान्डको बेजोड प्रस्तुतिमा दर्शकहरू झुमेसँगै बुद्धरंगशाला चिसो मौसममा तातिएको थियो ।
यसैबीच २४ गते बुधबार चर्चित राष्ट्रिय गायिका रचना रिमाल, राष्ट्रिय लोकदोहोरी गायिका सम्झना भण्डारी, राष्ट्रिय लोकदोहारी गायक बाबुकृष्ण परियारको बेजोड प्रस्तुतिसँगै १४ औं कपिलवस्तु डान्स आइडलका १० जना प्रतियोगीहरुबीच प्रतियोगिता हुने महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहाले जानकारी दिए ।
यसैगरी, आज मंगलबार भएको डान्स आइडलको बेजोड प्रस्तुतिपछि प्रतियोगी नम्बर ५ की दिक्षिता केसी आइडलको यात्राबाट बाहिरिएकी छिन्। दर्शकले दिएको ५० प्रतिशत भोट र निर्णायक मण्डलले दिएको ५० प्रतिशत अंकको कडा प्रतिस्पर्धात्मक समीकरणमा उनी पछि परिन ।
प्रमुख निर्णायक हरिशरण रिजालले मंगलबार ११ जना प्रतिष्पर्धीले आ–आफ्नो बेजोड कला प्रस्तुत गरेको जानकारी दिए । दिक्षिता बाहिरिएपछि अब आइडलको ट्रफीका लागि जम्मा १० जना टप प्रतियोगीहरूबीच कडा प्रतिष्पर्धा हुनेछ । आगामी दिनहरुमा क्रमश प्रतियोगीहरु बाहिरिँदै जानेछन् ।डान्स आइडलको फाइनल अडिसनबाट १५ जना प्रतियोगी स्टेज चढेका थिए ।
बुधबार पनि प्रतियोगी नं १ ओजस्वी क्षेत्री, प्रतियोगी नं २ सचिन परियार, प्रतियोगी नं ३ कविता खत्री, प्रतियोगी नं ६ रंजिता क्षेत्री, प्रतियोगी नं ७ गिताञ्जली मगर, प्रतियोगी नं ८ प्रतियोगी नं १० अपराजिता घिमिरे, प्रतियोगी नं ११ अर्पिता पोख्रेल, प्रतियोगी नं १२ सुदिप्ती न्यौपाने, प्रतियोगी नम्बर १३ खुसी थारुबीच कडा रोमाञ्चक प्रतिष्पर्धा हुनेछ ।
१६ औं महोत्सवले कृषि, पर्यटन र औद्योगिक क्षेत्रको प्रगति र सम्भावनालाई एकै ठाउँमा प्रदर्शन गर्ने मंचको काम गरेको महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले बताए। पुष १ गतेसम्म चल्ने यस महोत्सवमा सांस्कृतिक कार्यक्रमहरुले महोत्सवलाई थप रंगिलो बनाउँदै लगेको छ । महोत्सवमा नेपालमै पहिलो पटक स्नो सिटी हिउमा खेलेको अनुभूतिले पनि नयाँ पन दिएको छ । कपिलवस्तु जिल्लामा बाणगंगाको बुद्ध रंगशालामा आयोजना हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।
• सेयर
•




