ओम प्रकाश पौडेल।
बाणगंगा २८ कार्तिक
अतिरिक्त क्रियाकलापले विद्यार्थीको श्रमाङ्गण विकासमा थप क्षमता पुर्याउने भन्दै प्राचार्य घिमिरेले भन्नुभयो अब तपाईँ सम्पूर्ण विद्यार्थीहरूले यसैगरी अतिरिक्त क्रियाकलापमा उत्कृष्टता देखाउनुपर्छ।


राष्ट्रिय स्तरमै आफ्नो गरिमा स्थापित गर्न सफल जिल्लाकै पहिलो क वर्गको विद्यालय होराइजन माध्यमिक विद्यालयले विद्यार्थीहरूमा सर्वाङ्गीण विकासका लागि थप सक्रियताका साथ काम गरिरहेको उहाँले बताउनुभयो।

साथै नृत्य निर्देशक किशोर थापाले प्रतियोगितामा विद्यार्थीहरूले सर्वोत्कृष्ट नृत्य नृत्य प्रस्तुत गरेको प्रति आफू प्रफुल्लित भएको बताउनुभयो।

आज सञ्चालित प्रतियोगिता अन्तर्गत सिनियर र जुनियर तर्फ गरी चारवटा सदनका १६ जना ले सहभागिता जनाएका थिए।
प्रतियोगितामा विद्यार्थी कलाकारहरूले राष्ट्रिय कला संस्कृति झल्किने खालका आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए।

प्रतियोगिताको सिनियरतर्फ रातो सदनका रविना रासकोटी प्रथम रातो सदनकै प्रिति सुनार द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। हरियो सदनका रिजन गुरुङ र जेनिसा गिरीले तृतीय स्थान हासिल गरेका छन्।
यस्तै जुनियरतर्फ हरियो सदनका प्रिन्सा हमालले प्रथम स्थान हासिल गर्दा सेतो सदनका एन्जल महर्माले द्वितीय स्थान हासिल गरेकी छन्। निलो सदन कि जिज्ञासा पौडेलले भने तृतीय स्थान हासिल गरेको विद्यालयले जनाएको छ।
कार्यक्रम प्राइजन माविका प्राचार्य तथा सयपत्री क्याम्पसका क्याम्पस प्रमुख वासुदेव घिमिरेको अध्यक्षता नृत्य निर्देशक किशोर थापाको प्रमुख आतिथ्यता सूचना प्रविधिकर्मी महेश बन्जाडेको विशेष आतिथ्यता विद्यालय इन्चार्ज मोहनप्रसाद बेलबासे मावि तह संयोजक गीता शर्मा आधारभूत तह संयोजक शालिग्राम आचार्य प्रावि तह संयोजक पदमपाणी ढुङ्गाना पूर्व प्रावी तह संयोजक चन्द्रा मल्लसेन अतिरिक्त क्रियाकलाप संयोजक शिवकुमार सुवेदी विभिन्न सदनका संयोजक सहसंयोजक र विभिन्न विषय प्रमुखहरूको अतिथ्यता रहेको कार्यक्रमको सञ्चालन कक्षा ६ का विद्यार्थी प्रसोन बेलवासे र कक्षा ७ का विद्यार्थी एन्जिला गैरेले गर्नुभएको थियो।





