ओम प्रकाश पौडेल
बाणगंगा , २२ कार्तिक ।
पछिल्लो समय जीवनबिमा गर्नेहरूको सङ्ख्यामा विगतको तुलनामा केही वृद्धि भएको सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताउनुभएको छ
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड ४ नम्बर जितपुर शाखाले आयोजना गरेको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सो कुरा बताउनुभएको हो।
हाल बैंकहरूले दिने ब्याजदरमा अत्यन्तै कमी रहेका कारणले उपभोक्ताहरु जीवन बीमाप्रति आकर्षित हुँदै गएका छन् उहाँले भन्नुभयो ।
अझ नेपालका १४ वटा जीवन बीमा कम्पनीमध्ये केवल सनलाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले मात्रै आहतमा दोहोरो राहतको सुविधा दिएकोले जीवन बीमा गर्नेहरूको सङ्ख्यामा व्यापक वृद्धि भएको उहाँको दाबी छ ।
घट्दो बैंकको ब्याजदर रहेको वर्तमान परिवेशमा जीवन बीमा जस्तो दिगो बचतको उपयुक्त समाधान अरु केही हुन नसक्ने उहाँको जिकिर थियो। ।
कम्पनीप्रति उपभोक्ताहरूको विश्वास वृद्धि भएको पछिल्ला अध्ययनहरूले देखाएको CEO अर्यालले जानकारी दिनुभयो ।
नेपालका सम्पूर्ण जीवन बीमा कम्पनीहरूमा सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले उपभोक्तामुखी बन्दै उहाँहरुलाई अन्य कम्पनीको तुलनामा धेरै सुविधा दिँदै आएकोले यसप्रति आकर्षण बढ्दै गएको पछिल्ला अध्ययनहरूले देखाएका छन्।
आम नेपालीजनलाई भविष्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै नियमित बचत गर्ने बानीको विकास गरी नेपालका जीवन बीमा कम्पनीहरूले राष्ट्रको समृद्धिमा ठूलो टेवा पुर्याएको आर्थिक विश्लेषकहरूको विश्लेषण छ।




