८२ प्रतिशत हिला जनप्रतिनिधि विभेदमा


२० कार्तिक २०८२, बुधबार  

0
Shares

२०७९को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित भएका छन् । त्यसमा ८२ प्रतिशत महिला जनप्रतिनिधिहरू विभेदमा परेको तथ्याङ्क सार्वजनिक भएको छ । 


महिला पुनर्स्थापन केन्द्र (ओरेक) ले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका १६ जिल्लाको ३९ पालिकाकाको २९७ निर्वाचित जनप्रतिनिधिहरूसँग गरेको हालैको सर्वेक्षणको नतिजालाई विश्लेषण गरेको छ । 

उक्त सर्वेक्षणमा आएको प्रतिक्रियालाई विश्लेषण गर्दा सबै भन्दा बढी ८२ प्रतिशत महिला जनप्रतिनिधिहरूले आफ्नो भूमिकामा प्रत्यक्ष वा अप्रत्यक्ष विभेद भोगेको र ६५ प्रतिशत ले केवल महिला भएकै कारणले नेतृत्व तहमा आफूलाई अस्वीकार गरिएको अनुभव गरेका छन् । 

घर, समाज हुँदै राजनीतिक क्षेत्रमासमेत महिलालाई अझै दोस्रो दर्जाको रूपमा हेर्ने गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  ६ : ४६ बजे