।
२ असोज बाडगंगा
बाणगंगा नगरपालिकाको आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकमा जेएनजी आन्दोलनको क्रमबाट उत्पन्न परिस्थितिप्रति दुःख प्रकट गर्दै गम्भीर समीक्षा गरिएको नगरप्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस जटिल परिस्थितिमा सबैलाई सयमित र धैर्य हुँदै स्थितिलाई सामान्यकरण बनाउन आग्रह गर्दै भोलि संविधान दिवस मनाउने निर्णय समेत भएको उहाँले बताउनुभयो।
बैठक नगरप्रमुख चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो।

आकस्मिक बैठकमा उपप्रमुख रिता कुमारी चौधरी वडा अध्यक्षहरू र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
