मध्यपूर्वमा तनाव चर्केसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर बढ्दो


१९ असार २०८२, बिहिबार  

42
Shares



थोरै


इजरेल-इरानबीच चर्किएको द्वन्द्वमा अमेरिका समेत जोडिएपछि मध्यपूर्वको तनावको असर पेट्रोलियम पदार्थमार्फत नेपालमा छिटै पर्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

नेपाल आयल निगम (एनओसी)का अधिकारीहरूले देशमा स्वचालित बिक्री मूल्य प्रणाली लागु रहे तापनि ‘ठूला तथा अप्रत्याशित अन्तर्राष्ट्रिय घटना’का बेला सरकारले ‘विशेष निर्णय लिन सक्ने’ बताउने गरेका थिए।

निगमका प्रवक्ताले अबको झन्डै एक सातामा आउने अर्को दरसँगै नयाँ अवस्थाको एउटा झल्को आउने र सोहीअनुसार निर्णयहरू लिइने बीबीसीलाई बताएका छन्।

हाल प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगम (आईओसी)ले पठाउने मूल्य सूचीका आधारमा नेपालमा मूल्य निर्धारण हुने गर्छ।

“युद्ध सुरु भएदेखि नै तेलको मूल्य भारतमा बढिरहेको छ। जसकै औसत हामीले पाउने मूल्य हुने हुँदा त्यो उल्लेख्य बढ्ने आशा गर्न सकिन्छ,” प्रवक्ता मनोजकुमार ठाकुरले भने।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ७ : २६ बजे