नयाँ नेतृत्व चयनका लागि मतदान जारी


३० जेष्ठ २०८२, बिहिबार  

0
Shares


नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि सभाहलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान शुरु भएको हो।

अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन्। उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ। महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  १२ : १५ बजे