सुरू भयो उत्सव होराईजनमा


२३ जेष्ठ २०८२, बिहिबार  

2.6k
Shares

कमला सापकोटा

सिद्धिपुर २२ जेठ ।

होराईजन अङग्रेजी आवासीय मावि जितपुरको वार्षिक उत्सव, अभिभावक दिवस,नतिजा प्रकाशन, तथा पुरस्कार वितरण कार्यक्रम आजदेखि सुरू भएको छ । विद्यालयको प्रांगण सिद्धिपुरमा आजदेखि सुरू भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ। आज पहिलो दिन कक्षा प्ले ग्रुप देखि ४ सम्मको कार्यक्रम सम्पन्न भएको र भोलि कक्षा ५ देखि १० सम्मको कार्यक्रम हुने विद्यालयले जनाएको छ।

आज विहिवार कक्षा ४ सम्कामका शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सर्वाेत्कृष्टता प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरष्कृत तथा सम्मानित गरिएको थियो ।

जिल्ला, प्रदेश तथा देशकै सर्वाेत्कृष्ट शैक्षिक संस्थाको छावि बनाउनुमा अभिभावकको साथ अति महत्वपूर्ण रहेको प्रमुख अतिथी तथा वाणगंगा नगर शिक्षा प्रमुख खिम बहादुर जिसिलेले बताउनुभयो ।

“विद्यार्थीको सर्वाङ्गिण विकासका लागि जिल्लाको पहिलो क वर्गको विद्यालय होराइजन मा.वि.ले अझ शशक्त र घनीभूत ढंगले शैिक्षिक उडान भर्दैछ, यसमा अभिभावक ज्यूहरूको देन महत्वपूर्ण छ”, प्राचार्य बासुदेव घिमिरेले भन्नुभयाे ।

कार्यक्रम शयपत्री क्याम्पस तथा विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, वाणगंगा नगरपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख खिम बहादुर जि सीको प्रमुख आतिथ्ता, प्राचार्य बासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, विद्यालय व्यवस्थापन समिति सदस्यहरू लक्षमण अधिकारी, ज्ञानराज भण्डारी, शेयर सदस्यज्यूहरू हिमलाल पौडेल, विष्णु न्यौपाने, विद्यालयका ईन्चार्ज मोहन प्रसाद वेल्वासे, मावि तह संयोजक गिता शर्मा, निमावि संयोजक शालिकराम आचार्य प्रावि संयाेजक पदमपाणी ढुंगाना, पूर्व प्रावि तह संयाेजक चन्द्रा मल्ल सेन, अभिभावक शिक्षक र्मचारीहरू लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको बताईएको छ।

कार्यक्रममा विद्यार्थीहरूले जोडदार साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेकाे साँस्कृतिक कार्यक्रम संयोजक कान्ता गहतराजले जानकारी दिनु भयो।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  ८ : २३ बजे