ओम प्रकाश पौडेल
सिद्धिपुर, १५ माघ ।
होराइजन मा.वि. वाणगंगा ४ सिद्धिपुर कपिलवस्तुमा माघ ९ बाट सुरु भएको खेल सप्ताह कार्यक्रम विद्यार्थीहरुको उत्साहजनक सहभागीताका विच सम्पन्न भएको छ ।
सप्ताह अन्तर्गत पूर्व प्राथमिक तहमा, बुक रेस, स्पोन रेस, बल व्यालेन्स रेस, हट पटेटो,म्युजिकल चियर, स्वीट रेस, ब्याग प्याकिङ रेस, बेलुन रेस लगायतका खेल भएका छन् ।
यस्तै प्राथमिक तह कक्षा २ देखि ४ मा हट पोटेटो, म्याथमेटीकल रेस, स्पोन रेस, बुक ब्यालेन्स रेस, इग्लिस नेपाली नम्बर काउन्टीङ, म्युजिकल चेयर, होराइजन करोँते डोजो पुरुष तर्फ २५ केजी, ३० केजी, ३२ केजी ३७ केजी, ५२ केजी र महिला तर्फ ३० केजी ३५ केजी र ४० केजी कराँते डोजो खेल सम्पन्न भएको प्राचार्य बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
निम्न माध्यमिक तह कक्षा ५ देखि ७ को विचमा १०० र ४०० मीटर दौड, फिचर ब्लाष्ट, थ्री लेग रेस, म्याथमेटिकल रेस, स्लो साइकल रेस, इन एण्ड आउट, म्युजिकल चियर, हाइ जम्प, लङ जम्पका विभिन्न स्पर्धा सम्पन्न भएका छन् ।
माध्यमिक तह कक्षा ८ देखि १० को विचमा १००, २००, ४००, ८०० मीटर दौड, लङ जम्प हाइ जम्प सटपुट, ज्याभ्लिन थ्रो, कबड्डी, ब्याट मिन्टन, भलिबल, रिले रेस लगायतमा विद्यार्थीले उत्साहजनक स्पर्धा गरेका छन् ।
माध्यमिक तह कक्षा ११, १२ तर्फ ज्याभ्लिन थ्रो, सटपुट, हाइ जम्प, लङ जम्प, ४००, ८००, १६०० र ३००० मीटर दौड रिले दौड, ब्याटमीन्टन, क्रिकेट, फुटबल, कबड्डी, खोखो, टेबल टेनिस, चेस, डोरी तान र म्युजिकल चियरका खेल खेलाइएको छ ।
यस्तै होराइजन मा.वि. कै अभिन्न अंग सयपत्री क्याम्पसमा पनि खेल सप्ताह सफलता पूर्वक सम्पन्न भएको छ ।
सप्ताह अन्तर्गत विद्यार्थीहरु विच डोरी तान, ब्याट मिन्टन, सटपुट,१००, २०० मीटर दौड, भलिबल, खो खो, क्रिकेट टेबल टेनिस लगायतका खेलकूद प्रतियोगिता सम्पन्न भएको क्याम्पस प्रमुख बासुदेव घिमिरेलाई उदृत गर्दै प्रवन्ध निर्देशक सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।