मलेसियामा नेपाली श्रमिकको उपस्थिति यस्तो




मलेसियामा कार्यरत विदेशी आप्रवासीको तेस्रोमा नेपाली श्रमिकको उपस्थिति रहेको मलेसिया सरकारले जनाएको छ । पहिलोमा बंगलादेशी र दोस्रोमा इण्डोनेसियाली रहेका छन् ।

मलेसिया सरकारको गत सेप्टेम्बरसम्मको विवरणअनुसार नेपाली श्रमिक १६।१७ प्रतिशत अर्थात् तीन लाख ९९ हजार ६ सय १४ जना कार्यरत छन् । जसमा महिलाको संख्या १० हजार ९ सय ५७ जना रहेको छ ।

नेपालीको तुलनामा बंगलादेशी दोब्बरभन्दा बढी ३७।८२ प्रतिशत अर्थात् ९ लाख ३४ हजार ५ सय ४२ जना कार्यरत छन् । दोस्रोमा इण्डोनेसियाली २४।११ प्रतिशत अर्थात् ५ लाख ९५ हजार ८ सय ११ जना रहेको छ ।

नेपालीको लागि उपयुक्त हावापानी हुनुको साथै खाडी मुलुकभन्दा बढी न्यूनतम तलब रहेको मलेसिया नेपालीको श्रमिकको पहिलो रोजाईमा पर्छ । मलेसियाले आफ्नो नागरिकसरह नै न्यूनतम तलब १५ सय रिंगेट ९करिब ४५ हजार रुपैयाँ० निर्धारण गरेको छ ।

नेपाली श्रमिक सबैभन्दा बढी उत्पादन क्षेत्रमा दुई लाख ५१ हजार, निर्माण क्षेत्रमा १० हजार, सेवा क्षेत्रमा एक लाख १३ हजार, प्लान्टेशन क्षेत्रमा ७ हजार र कृषि क्षेत्रमा १६ हजार कार्यरत रहेको मलेसियाले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ८ : १० बजे