राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो


२ भाद्र २०८१, आइतबार  

42
Shares

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययन शुरू गर्न बाटो खुलेको छ ।

नेपाल सरकार अन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ । गएको साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा शुरू गर्ने घोषणा गर्नुभएको थियो ।

मन्त्रालयले पाँच करोड रुपैयाँ विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ शुरू हुन सकेको थिएन । दुवै प्रतिष्ठानले पाँच वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए ।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । त्यही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : ४२ बजे