देशमा फैलाईएकाे जातीय, धार्मिक, क्षेत्रीय बिग्रह प्रति पूर्व राजा चिन्तित


१४ माघ २०८०, आइतबार  

56
Shares

अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको पूर्वराजा ज्ञानेन्द्रले बताए । आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन भन्ने आफ्नो अडान रहेको उनले बताए । राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्ने उनको जोड छ ।

देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आह्वान भइरहेको भन्दै उनले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह गरे ।

‘दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्किएको छ’, विकास, उत्थान र समस्याको निवारण आफैंले गर्नुपर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने ‘यो अवस्थाको अन्त्य गर्नै परेको छ । यसका निम्ति अब सोच्ने बेला आयो ।’

उनले भूगोल, जातजातिमा खण्डित, विभेद, विखन्डन र निषेधको राजनीति नगर्न आग्रह गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : १७ बजे